काठमाडौं । उपत्यकाको दैनिक उपभोग्य वस्तुहरुको पसलमा चहलपहल बढेको छ । काठमाडौं उपत्यकामा असार १ गतेदेखि लागु हुनेगरी निषेधाज्ञाको नयाँ मोडल लागु भएको छ ।
परिवर्तित नियम अनुसार दैनिक उपभोग्य सामग्रीको पसललाई बिहान ११ बजेसम्म खोल्न दिइएपछि किराना तथा खाद्यान्न पसलहरुमा चहलपहल बढेको हो । यसअघि बिहान ९ बजेसम्म मात्रै अत्यावश्यक पसल खोल्न दिईएको थियो । असार १ गतेदेखि भने बिहान ११ बजेसम्म खोल्न दिइएको हो ।
९ बजेसम्म पसल खोल्न दिदाँ उपभोक्तालाई सामग्रीहरु पु¥याउन गाह्रो भएको भएपनि अहिले भने अलि सहज भएको ललितपुर लगनखेलमा व्यापार गरिरहेका जगन्नाथ जोशी बताए । सरकारले परिस्थितिको मुल्यांकन गरेर बिस्तारै खुकुलो बनाउँदै जानुपर्ने उनले बताए ।
ललितपुर महानगरपालिका वडा नं. १९ का वडा अध्यक्ष विनोद ताम्राकार ९ बजेसम्म खुल्दा भ्याइनभ्याइ हुने गरेपनि अहिले भने उपभोक्तालाई आवश्यक सामग्री किन्न सहज भएको बताउनुहुन्छ । हार्डवेयर र पुस्तक पसल खुल्दा पनि सहज भएको उनले बताए । जनस्वास्थ्यको मापदण्ड अपनाउँदै बिहान ११ बजेभित्रै आवश्यक सामग्री किन्नको लागि उनले आग्रह गरे ।
काठमाडौं उपत्यकामा असार ७ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।