बाँके । बाँकेको नेपालगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष ०७७/०७८ मा लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ ।
नेपालगञ्ज भन्सार कार्यालयले निषेधाज्ञाका बावजुत पनि जेठसम्ममा लक्ष्याभन्दा बढी राजश्व असुली गरेको हो ।
१८ अर्बको राजश्व संकलन गर्ने लक्ष्य राखेको कार्यलयले जेठसम्ममा नै १९ अर्ब ४१ करोड रुपैँया असुली गरिसकेको नेपालगञ्ज भन्सार कार्यालयका अधिकृत जय बहादुर भण्डारीले बताएका छन् । लक्ष्यको तुलनामा एक सय १८ प्रतिशतले राजश्व वृद्धि भएको हो ।
गएको अर्थिक वर्षमा यस कार्यलयले लक्ष्यको ७६ दशमलव २४ प्रतिशत मात्र राजश्व संकलन गर्न सकेको थियो ।चालू आर्थिक बर्षमा सबैभन्दा बढी राजश्व पेट्रोलियम पदार्थहरु, खाद्यान्न, औद्योगिक कच्चा पदार्थहरुबाट उठेको भन्सार प्रमुख अधिकृत भण्डारीले बताए ।