विकास निर्माण हुँदै गर्दा रातिको वर्षाले नाला ध्वस्त | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

विकास निर्माण हुँदै गर्दा रातिको वर्षाले नाला ध्वस्त

बारा । सघन सहरी तथा भवन निर्माण आयोजना अन्तर्गत कलैया उपमहानगरपालिका वडा नं १४ बघवन टोलमा रु एक करोडको लागतमा दुई वटा योजना सँचालनमा रहेको छ। कमसल सामग्रीको प्रयोगले निर्माणाधिन नाला ध्वस्त भएको छ।

सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालयले दिएको लागत ईष्टीमेट अनुसार काम नगरी आफु अनुकुल काम गरी अनियमितता गरेको देखेर स्थानिय सञ्चारकर्मीहरुले समाचार लेखेपछि त्यसलाई ढाकछोप गर्न अध्यक्ष जैयसवालले आफ्नो निकटका पत्रकारको सहयोग लिएका थिए ।

आज दुई दिन देखि वर्षायाम लागेको छ। दुई दिनको वर्षामा नै बघबन चौक देखिको पुस्तकालयसम्मको बाटो ग्रेभल गर्ने योजना अन्तर्गत निर्माणाधीन नाला ध्वस्त भएको छ। नालामा कमसिल समाग्री तथा बालुवा बढि र सिमेन्ट कम प्रयोग गरीएकोले केहि बर्षामा ध्वस्त भएको हो भनि स्थानीयहरुले बताउने गरेका छन।

आफ्नो मन पर्दो तरिकाले काम गरेको साथै मापदण्ड बिपरीत काम गराउदै आएकोले सो निर्माणाधिन नाला धवस्त भएको भनि जानकारी स्थानिय लुला पासवानले दिएका छन।

निर्माण भईरहेको नाला तथा बाटो ग्रेभलमा कमसिल समाग्री प्रयोग भईरहेको जानकारी कार्यालय समेतलाई लिखित तथा मौखिक जानकारी गराउँदा समेत कार्यालयले चाँसो न लिएकोले पनि यस्तो भएको स्थानीय आन्नद त्रिपाठीले बताएका छन। साथै प्रयोगशालाबाट निर्माण स्थलमा प्रयोग हुने समाग्री गुणस्तर प्रमाणित भएको मौखिक जानकारी कार्यालयबाट दिनु तर हालसम्म प्रयोगशाला रिपोर्ट नआउनुमा कार्यालयको पनि मिलोमतोमा कमसल समाग्री प्रयोग गरी निर्माण भईरहेकोले ध्वस्त भएको पनि त्रिपाठीले बताएका छन।

सघन शहरी तथा भवन निर्माण आयोजना अन्तर्गत निर्माण भईरहेको दुई वटै योजनामा वडा अध्यक्ष सुरेन्द्र जैयस्वाले आफ्नो आसेपासे लाई उपभोक्ता समितिमा राखि काम गराउदै आएका छन् । आयोजना कार्यालयले पारदर्शी रुपमा कामकाज गराउन भनेपनि अध्यक्ष जैयसवालले सबै विवरण लुकाई बिकास निर्माण कार्य गराई रहेको स्थानिय दिनेश यादवले बताएका छन् ।

उपभोक्ता समितिमा को को छ भनेर प्रश्न गर्दा सम्म वडाध्यक्ष जैयसवालले बताउन नमानेको स्थानिय यादवले बताए । यस सम्बन्धि जानकारी लिन सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालयमा सम्पर्क गर्न खोज्दा समाचार लेख्ने बेलासम्म सम्पर्क हुन सकेका छैन।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);