काठमाडौं । कोरोना भाइरसको संक्रमणको चेनब्रेकका लागि उपत्यकामा जारी निषेधाज्ञाबारे छलफलका लागि काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने बस्दैछन् ।
जेठ ३१ अर्थात् भोलि सोमबार सकिन लागेको निषेधाज्ञाको समयअवधि थप्ने बिषयमा छलफल हुन लागेको बताइएको छ । बैठक दिउँसो २ बजे बसिने भएको हो ।
जारी निषेधाज्ञालाई केही खुकुलो बनाएर एक साताका लागि लम्ब्याउनेबारे छलफल हुन लागेको बताइएको छ ।
गएको बैशाख १६ गतेबाट जारी निषेधाज्ञा विभिन्न चरणमा लम्ब्याइँदै जेठ ३१ जारी गरिएको छ । बैशाख सुरुबाट नै बढ्न थालेको कोरोना संक्रमणको चेनबे्रकका लागि बैशाख १६ बाट निषेधाज्ञा जारी गरिएको थियो ।
उद्यागी व्यवसायीहरुले असार १ बाट निषेधाज्ञा खोलिनु पर्ने माग तथा सुझाव प्रस्तुत गर्दै आएका छन् भन् स्वास्थ्य कर्मीहरुले भने अझै निषधाज्ञा हटाउन नहुने सल्लाह दिँदै आएका छन् ।