उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

भदौ २९ २०८३, मंगलबार

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै

काठमाडौं । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।

कोरोना संक्रमण रोकथामका लागि उपत्याकामा गत वैशाख १६ देखि जारी निषेधाज्ञाको समय थप्ने र थप ब्यवस्थित बनाउने विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

संक्रमण जोखिम उच्च रहेकाले थप एक साता निषेधाज्ञा लगाउने तयारी गरेको र थप ब्यवस्थित गर्न राणनीति अपनाइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन् ।

कोरोना संक्रमण अझै नियन्त्रणमा नआएकाले अझै केही समय निषेधाज्ञा जारी राख्नुपर्ने देखिएको पराजुलीको भनाइ छ। संयुक्त बैठकले हालका प्रावधान तथा निषेधाज्ञाका समयमा गर्न पाउने तथा नपाउने नियममा समेत केही परिवर्तन गर्न सक्ने बताइएको छ ।

Leave a Reply

ताजा समाचार