काठमाडौं उपत्यकाका सिडिओहरुको बैठक बस्दै, लामो दूरीको सवारी सञ्चालन गर्न दिने तयारी | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८०, बुधवार

काठमाडौं उपत्यकाका सिडिओहरुको बैठक बस्दै, लामो दूरीको सवारी सञ्चालन गर्न दिने तयारी

काठमााडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप गर्ने नगर्ने विषयमा छलफलका लागि जिल्ला प्रमुख अधिकारी सिडिओको बैठक बस्दै छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु बिहीबार दिउँसो बैठक बस्न लागेको हो ।

कोरोना संक्रमण फैलिएसँगै चेनब्रेकका लागि गएको बैशाख १६गते देखि काठमाडौं उपत्यकामा जारी गरेको निषेधाज्ञा आज राति १२ पछि सकिँदैछ । त्यसैले निषेधाज्ञा थप गर्ने बिषयमा आज सिडिओहरुको बैठक बस्दै छ ।

आजको बैठकमा निषेधाज्ञासँगै रोक लगाइएका लामो दूरीको सवारी साधनहरुलाई सञ्चालन गर्न दिने विषयमा पनि छलफल हुने बताइएको छ । यसअघि लामो दूरीका सवारी साधनहरुलाई पासका आधारमा मात्र उपत्यकामा प्रवेश गर्न दिइएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);