महाकाली नदीवारी सीमावर्ती क्षेत्रमा भएका ज्यादती रोक्न भारतलाई पत्र | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८२, बिहीबार

महाकाली नदीवारी सीमावर्ती क्षेत्रमा भएका ज्यादती रोक्न भारतलाई पत्र

दार्चुला । महाकाली नदीवारी सीमावर्ती क्षेत्रमा भएका ज्यादती रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतलाई पत्र पठाएको छ ।

नेपालतर्फको बाटो भत्काउने र महाकाली नदीको प्राकृतिक बहाव नै परिवर्तन हुने गरी भएका ज्यादती रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतलाई पत्र पठाएको हो ।

भारतले धारचुला–लिपुलेक सडक निर्माणका क्रममा बम विस्फोट गराउँदा खसेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भारतको पिथौरागढस्थित धारचुलाका जिल्ला अधिकारी डिस्ट्रिक मजिस्ट्रेट आनन्द स्वरूपलाई नेपालको भूभागमा असर पुग्ने गरी भएका गतिविधि रोक्न आग्रह गर्नुभएको हो ।

त्यसको जानकारी गृह मन्त्रालयमा पनि गराइएको छ ।

पत्रमा भारतीयका कारण नदीको बहाव नेपालतर्फ धकेलिनुका साथै बाटोमै नदी पसेकाले त्यसलाई खुलाउन भारतीय पक्षलाई भनिएको छ ।

Leave a Reply