कास्की । गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा फेरि पदमुक्त भएका छन् ।
जनमोर्चाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विश्वासको मत लिने प्रस्तावको विपक्षमा मतदान गर्न जनमोर्चाले जारी गरेका ह्वीप अवज्ञा गरेकाले प्रदेश सांसद थापालाई कारबाही गरिएको हो ।
सभामुख नेत्रनाथ अधिकारीले आज बसको संसद बैठकमा थापा पदमुक्त भएको सूचना पढेर सुनाएका हुन् ।
मुख्यमन्त्री गुरुङ बिहीबार प्रदेशसभाबाट विश्वासको लिने प्रस्ताव राखेका थिए । जसमा थापाले पार्टीको ह्वीपको अवज्ञा गर्दे तटस्थ बसेका थिए ।
थापालाइ राजनीति दल सम्बन्धी ऐन २०७३ दफा ३५ को उपदफा १ अनुसार कारबाही गरिएको हो । त्यसैगरी प्रदेश सभा बैठक आइतबार १ बजेसम्मका लागि स्थगित गरिएको छ ।
यस्तै, संसद् बैठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ ।