अज्ञात कारणले विश्वका प्रमुख मिडियाका वेवसाइटहरुमा समस्या | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

अज्ञात कारणले विश्वका प्रमुख मिडियाका वेवसाइटहरुमा समस्या

एजेन्सी। अज्ञात कारणले विश्वका प्रमुख मिडियाका बेवसाइटहरु डाउन भएका छन्। मंगलबार द न्युयोर्क टाइम्स, द फाइनान्सल टाइम्स र ब्लुमवर्ग न्युजजस्ता विश्वभर प्रभाव भएका मिडियाका वेबसाइटहरू डाउन भएका हुन् । ती बेवसाइट विश्वका कुनै पनि ठाउँबाट खुल्न नसकेको बताइएको छ । अमेरिकी टेलिभिजन सिएनएनको वेबसाइटलगायत फ्रान्सको सबैभन्दा चर्चित पत्रिका ‘ल मोड’का वेबसाइटमा समेत अवरोध आएको हो ।

समाचारमाध्यमको बेवसाइट अन्तर्राष्ट्रिय ग्रिनविच मिन टाइमअनुसार बिहान १० बजेबाट खुल्न छाडेका थिए । न्युज पोर्टल नभए पनि अमेजन डट कम इन्कको खुद्रा वेबसाइटले पनि अवरुद्ध सामना गरेको छ। यस विषयमा अमेजनले कुनै प्रतिक्रिया जनाएका छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);