निगमले घटायो हवाई इन्धनको मूल्य | ईमाउण्टेन समाचार

Our Network

असार २७ २०८३, आइतबार

निगमले घटायो हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धन (अन्तर्राष्ट्रिय उडानतर्फ) को मूल्य घटाएको छ । निगमले आइतबार एक विज्ञप्ति जारी गर्दै गएराति १२ बाट लागूहुने गरी हवाई इन्धनको मूल्य घटाएको जानकारी गराएको हो ।

आइतबार बसेको निगम संचालक समितिको बैठकले हवाई इन्धनको मूल्य घटाउने निर्णय गरेको हो । बैठकले कोरोनाको कारण सिर्जना भएको वर्तमान अवस्थ रहुन्जेल अन्तर्राष्ट्रिय हवाई इन्धनमा बढीमा १५ प्रतिशत सम्म नाफा राखी मूल्य निर्धारण गर्ने नीति पारित गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हवाई इन्धनको साविकको विक्री मूल्य अमेरिकी डलर आठ सय ९३ प्रति किलो लिटरमा एक सय ७८ ले घटाई नयाँ विक्री मूल्य अमेरिकी डलर सात सय १५ प्रति किलो लिटर कायम गरिएको छ ।

निगमले शनिबार मात्रै पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

Leave a Reply

ताजा समाचार