मेलम्ची प्राथमिक स्वास्थ्य चौकीलाई हाइड्रोजन अक्सीजन जेनेरेटर हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १३ २०८१, मंगलबार

मेलम्ची प्राथमिक स्वास्थ्य चौकीलाई हाइड्रोजन अक्सीजन जेनेरेटर हस्तान्तरण

सिन्धुपाल्चोक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति सम्शेर राणाले मेलम्ची प्राथमिक स्वास्थ्य चौकीलाई हाइड्रोजन अक्सीजन जेनेरेटर हस्तान्तरण गरेका छन् ।

‘कोभिड–१९ महामारीविरुद्ध अग्रमोर्चामा खटेर स्वास्थ्यकर्मीहरुले गरेको कार्य उल्लेखनीय रहेको नेपाली समाजले महसुस गरेकै यथार्थ हो । यसै सन्दर्भमा उपलब्ध उपकरणले रोगको उपचारमा सहयोग प्राप्त हुन्छ भन्ने आशा लिएको छु,’ अध्यक्ष राणाले जूम मिटिङको क्रममा आइतबार मेलम्ची स्वास्थ्य चौकीका डा. आशिष श्रेष्ठसँग कुराकानी गर्दै भने ।

नेबुलाइजर सहितको हाइड्रोजन अक्सीजन जेनेरेटरले विधुत आपूर्ति अवरोध नहुँदा २४ घण्टा सेवा प्रदान गर्नेछ । विद्युत नभएको अवस्थामा तीन घण्टा हाइड्रोजन, अक्सीजन उत्पादन गरी कोभिड विरामीलाई नियमित सेवा दिनेछ ।

स्वास्थ्य चौकीका अधिकारीहरुसँग काठमाडौंबाट कुराकानी गर्ने क्रममा अध्यक्ष राणाले जनताको हितमा निरन्तर सहयोग गर्दै जाने बताए ।

जेनेरेटर हस्तान्तरण कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्यहरु, जिल्ला समिति, क्षेत्रिय कार्य समितिका सदस्य लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);