समसामयिक राजनीतिका बारे कांग्रेस जिल्ला सभापतिहरुद्वारा १० बुँदे विज्ञप्ति जारी | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १५ २०८१, बिहीबार

समसामयिक राजनीतिका बारे कांग्रेस जिल्ला सभापतिहरुद्वारा १० बुँदे विज्ञप्ति जारी

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले समसामयिक राजनीतिका सन्दर्भमा १० बुँदे विज्ञप्ति जारी गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका, उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्ति र पार्टीको १४ औं महाधिवेशनका सन्दर्भम जिल्ला सभापतिले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

सबै जिल्ला सभापतिहरूको तर्फबाट १० बुँदे विज्ञप्ति सार्वजनिक गर्दै पार्टीको १४ औं महाधिवेशन भदौ ७ देखि १० गतेसम्म गर्न केन्द्रलाई दबाब दिने निर्णय गरेका छन् ।

कांग्रेसका जिल्ला सभापतिहरूको भर्चुअल बैठकले महाधिवेशन गर्न केन्द्रको ध्यानाकर्षण गराउने पनि निर्णय गरेको हो । उनीहरुले पार्टीको १४ औं महाधिवेशन र अन्य आन्तरिक पार्टी सरोकारका विषयमा पार्टी केन्द्रलाई सामुहिक ज्ञापनपत्र बुझाउने निर्णय गरेका छन् ।

सबै जिल्ला सभापतिहरूको तर्फबाट १० बुँदे विज्ञप्ति सार्वजनिक गर्दै नुवाकोट सभापति जगदीश्वरनरसिंह केसीले महाधिवेशनका लागि केन्द्रलाई ज्ञापन पत्र बुझाइने उल्लेख गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);