नेपाल—खनाल समुहको भर्चुअल बैठक पुन भोली बस्दै | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८३, आइतबार

नेपाल—खनाल समुहको भर्चुअल बैठक पुन भोली बस्दै


काठमाडौँ। नेकपा एमालेको नेपाल—खनाल समुहको भर्चुअल माध्यमबाट गरिएको केन्द्रिय कमिटी बैठक शुक्रबार पुन बस्ने भएको छ। बिहीबार करिब ७ घण्टा बसेको बैठक सबै केन्द्रीय सदस्यहरुले बोल्ने क्रम नसकिएपछि शुक्रबार बिहान ११ बजे पुनः बस्ने गरी टुंगिएको एक नेताले जानकारी दिएका छन् । बिहीबार बिहान ११ बजे सुरु भएको बैठक बेलुकी ६ बजेसम्म पनि नेताहरुको पालो नआएपछि बैठक भोलीसम्मका लागि स्थगित गरिएको ती नेताले जानकारी दिए । बैठकमा बोलेका सबैजसो केन्द्रीय सदस्यहरुले आफूहरु २०७५ जेठ २ को अवस्थामा फर्केर पार्टीलाई एकतावद्ध बनाउन तयार रहे पनि अध्यक्ष केपी शर्मा ओलीले नै एकता नचाहेकाले अब प्रष्ट निर्णय गरेर अघि बढ्न नेतृत्वलाई दबाब दिएका छन् ।

बैठकमा रहेका नेताद्धोय योगेश भट्टराई र गोकर्ण विष्टले भने बिहीबार शुक्रबार बोल्ने भएका छन् ।बैठकको बीचमा थोरै मन्तव्य राखेका नेता नेपालले आफूलाई ओलीले धोका दिन्छन् भन्ने लागेको सुनाएका थिए। उनले सबै केन्द्रीय सदस्यको धारणा सुनिसकेपछि आफ्नो धारणा राख्ने बताएका छन्।

Leave a Reply