कालो ढुसी संक्रमणका कारण एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

कालो ढुसी संक्रमणका कारण एक जनाको मृत्यु

death body

धनगढी । सेती प्रादेशिक अस्पतालमा कालो ढुसी अर्थात (म्यूकर माइकोसिस)को संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । कोरोनाको नयाँ भेरियन्ट देखिएको पछि बिहीबार कैलालीको बर्दगोरिया–६ का ६५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको हो ।

मिर्गौलासम्बन्धी रोगबाट ग्रसित उनी जेठ १७ गते अस्पताल भर्ना भएकोमा बुधबार मात्रै उनीमा कालो ढुसीको संक्रमण पुष्टि भएको उपचारमा संलग्न डा शेरबहादुर कमरले जानकारी दिए । ‘उनी मिर्गौला, मधुमेह र मुटुका रोगी थिए । स्वास्थ्यमा समस्या आएपछि उनी डायलायसिसका लागि अस्पताल आएको अस्पतालको बताएको हो ।

कालो ढुसी धेरैजसो रोग प्रतिरोधी क्षमता कमजोर भएको मानिसमा देखिने रोग भएको चिकित्सकहरुले बताएका छन् । उक्त रोगको संक्रमण बढीजसो आँखा, फोक्सो, किड्नी तथा छालामा देखिने गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);