मोरङ । यतिवेला सुनसरीको मोरङका फलफुल किसानका बारीमा लटरम्म लिचि फलेको छ ।
तर , कोरोना संक्रमणको फैलावट नियन्त्रण गर्न जारी निषेधाज्ञाका कारण भने बोटको लिचि बजारसम्म पुग्न नसकेपछि लिचि किसान चिन्तित बनेका छन् ।
गत वर्ष एउटै बोटबाट २५ हजारसम्म आम्दानी लिएका किसानले यसवर्ष भने आठ ओटा बोटबाट १६ हजार मात्रै आमदानी लिन सकेको भन्दै निरास भएका छन् ।