इजरायलका प्रधानमन्त्री बेन्जामित नेतान्याहु हटाउने विपक्षी गठबन्धनको तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

इजरायलका प्रधानमन्त्री बेन्जामित नेतान्याहु हटाउने विपक्षी गठबन्धनको तयारी

एजेन्सी । इजरायलका उग्रदक्षिणपन्थी राजनीतिकर्मी नफ्ताली बेनेट र विपक्षी दलका नेता याइर लापिडले गठबन्धन सरकार बनाउने सहमति गरेका छन्।

विगत १२ वर्षदेखि सत्तामा रहेका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई हटाउने तयारी भएको हो । यसबारे दुई पक्षबीच थप सहमति हुन बाँकी भएपनि बेनेटले इजरायलमा लामो समयदेखि शासन गरिरहेका नेतान्याहुलाई यसले ठूलो झड्का दिएको छ ।

नेतान्याहुलले प्रस्तावित गठबन्धन सरकार इजरायलको सुरक्षा र भविष्यमा जोखिम भएको दावी गर्नुभएको छ । बेनेट इजरायलले आधिपत्य जमाएको पश्चिम किनारालाई औपचारिक रूपमा इजरायलकै भूमि बनाउने इच्छा राखेका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार, प्रविधि क्षेत्रका करोडपति बेनेटले यसअघि रक्षा र शिक्षा मन्त्रालय सम्हालेका थिए । सहमति अनुसार बेनेट कार्यकालको पहिलो अवधि अर्थात् दुई वर्ष प्रधानमन्त्री बन्ने र लापिडले बाँकी दुई वर्ष कार्यकाल चलाउने तयारी छ ।

लापिडले अब दुई दिनभित्र अन्य दलहरूको विश्वास जित्न सकेको खण्डमा देशका राष्ट्रपति रोयभेन रिभलिनलाई जानकारी दिएर संसदमा मतदानको प्रक्रिया सुरु हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);