काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीहरूमाथि भएको आक्रमण निन्दा गर्दे तत्काल दोषिलाई कारबाही गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले शुक्रबार एक विज्ञप्ती जारी गर्दै पेशागत धर्म निर्वाह गरिरहेका स्वास्थ्यकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै तत्काल दोषिलाई कारबाही गर्न निर्देशन जारी गरेको हो ।
मन्त्रालयका सह–प्रवक्ता डा.समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसरी कहीँकतै कसैले कुनै पनि बहानामा स्वास्थ्यकर्मीमाथि गर्ने उच्छृङ्खल,गैरकानुनी अमानवीय गतिविधिहरुमा शुन्य सहनशीलता राखी कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८, मुलुकी फौजदारी कार्यसंहिता ऐन २०७२, स्वास्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षासम्बन्धी ऐन २०६६ आदि अनुसार कडाभन्दा कडा कारवाहीको प्रवन्ध गरिदिनु हुन सम्वन्धित सवैमा अपिल गर्दछु ।