भारतको बंगाल क्षेत्रमा देखिएको चक्रवातको असर नेपालमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

भारतको बंगाल क्षेत्रमा देखिएको चक्रवातको असर नेपालमा

काठमाडौं । भारतको बंगाल क्षेत्रमा देखिएको चक्रवातको नेपालमा पनि असर देखिएको छ । बंगालको खाडीमा रहेको शक्तिशाली चक्रवात कारण आउँदा केही दिनमा नेपालको भूभागमा समेत असर पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको हो ।

बुधबार बाग्मती र प्रदेश १ का केही स्थानलगायत उच्च हिमाली र पहाडी भागमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ । वर्षा सँगसँगै उच्च भेगमा हावाहुरी पनि हुन सक्ने विभागले जनाएको छ । साथै प्रदेश १, २ बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशलगायत तराइको भुभागमा हावाहुरी र अति भारी वर्षा हुनेछ ।

चक्रवातको असर शनिबारसम्म मात्रै प्रकाशित गरेता पनि केही दिन अझै लम्बिन सक्ने अनुमान गरिएको छ। विशेषगरी शुक्रबार र शनिबार अकस्मात बाढी आउन सक्ने सम्भावना छ । सबैजनालाई आवश्यक सतर्कता अपनाउन हुन मौसम विभागले अनुरोध गरेको छ।

बंगालको खाडीमा रहेको शक्तिशाली चक्रवात यासको असर आउँदा केही दिनमा नेपालको भूभागमा समेत पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);