राजपाभित्र मच्चियो बबण्डर, पैसावाललाई टिकट दिएपछि मुख्यालयमै धर्ना | ईमाउण्टेन समाचार

Our Network

साउन ९ २०८३, आइतबार

काठमाडौँ, १ कार्तिक । राष्ट्रिय जनता पार्टी नेपालमा पैसावाल र पहुँच भएकाहरूलाई टिकट वितरण गरेको भन्दै महासचिव केशव झासहित दर्जन केन्द्रीय नेताहरू पार्टी मुख्यालयमा धर्ना बसेका छन्। राजपा नेपालको केन्द्रीय कार्यालय बबरमहलमा बुधबार बिहान करिव साढे ११ बजेदेखि महासचिव झाको नेतृत्वमा नेताहरू धर्नामा बसेका हुन्।

उनीहरूले आफ्ना खास पकेटका व्यक्ति, पैसा बुझाउने र सामाजिक क्षेत्रमा बदनाम व्यक्तिहरूलाई समानुपातिक र प्रत्यक्षको टिकट वितरण गरेको आरोप लगाएका छन्।

पार्टी नेतृत्वले स्वयच्छाचारी ढंगले वितरण गरेको टिकटको निर्णय सच्चाउनु पर्ने माग धर्नामा बसेका पदाधिकारी र केन्द्रीय सदस्यहरूको छ। राजपा नेपाल अध्यक्षमण्डलले गुन्डा नाइके आरोपित राजु गोर्खाली समेतका पैसावाल र बदनाम व्यक्तिहरूलाई समानुपातिक टिकट वितरण गरेको समाचार यसअघि सञ्चारमाध्यमहरूमा आइसकेका छन्।

यस्तो छ धर्नामा बसेकाहरुले राखेको माग