उम्मेदवारी नदिएको भन्दै आमरण अनसनमा | ईमाउण्टेन समाचार

Our Network

असोज २ २०८३, शनिबार

राजविराज, १३ कार्तिक । आगामी निर्वाचनका लागि टिकट वितरणमा भेदभाव भएको भन्दै राजपा (नेपाल)का नेता लक्ष्मण यादव दुई दिनदेखि आमरण अनशन बसेका छन्।

राजपा सप्तरी क्षेत्र नं २ का सभापतिसमेत रहेका यादवले आफ्ना मान्छेलाई छानेर टिकट दिएको आरोप समेत लगाएका छन्।

मधेसी आन्दोलन लगाएत जनआन्दोलनका प्रमुख अगुवाईहरुलाई नसमेटि आसेपासे र पहुँचवालालाई टिकट वितरण गरेको आरोप लगाउँदै यादव राजविराजस्थित गजेन्द्र चोकमा अनशन बसेका छन्।

पार्टीले उनलाई निर्वाचनका लागि टिकट दिने आश्वसन समेत दिएपनि टिकट नदिएको भन्दै सात बुँदे माग सहित उनी अनसनमा उत्रिएका हुन् ।

ताजा समाचार