कोरोनाले जुम्लामा थप एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

साउन ५ २०८१, शनिबार

कोरोनाले जुम्लामा थप एक जनाको मृत्यु

जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कालिकोटका एक कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचारतार्थ कालिकोट तिलागुफा नगरपालिका–११ का ८० वर्षीय एक वृद्धको मुत्यु भएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका प्रवक्ता रमेश भट्टराईका अनुसार अस्पतालमा उपचाररत वृद्धको कोभिड–१९ संक्रमणका कारण मृत्यु भएको हो । उनले भने, ‘उहाँलाई भेण्टिलेटरमा राखिएको थियो । धेरै प्रयास गर्दा पनि बचाउन सकिएन् ।

यसअघि सुर्खेत चौकुने गाउँपालिका–१० का ३८ वर्षीय कोभिड–१९ संक्रमणका कारण मृत्यु भएको थियो । यस्तै, जुम्ला अस्पतालमा कालिकोट तिलागुफा नगरपालिका–३ का ६७ वर्षीय एक वृद्धको कोभिड–१९ बाट मुत्यु भएको थियो ।

जुम्ला अस्पतालमा दुई जना कालिकोटका र एक जना सुर्खेतका गरी हालसम्म तीन जना कोरोना संक्रमितको कारण मृत्यु भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);