मलेसियामा दुई रेल ठोक्किँदा २ सय भन्दा बढी यात्रु घाइते | ईमाउण्टेन समाचार

Our Network

जेठ २८ २०८३, शुक्रबार

मलेसियामा दुई रेल ठोक्किँदा २ सय भन्दा बढी यात्रु घाइते

एजेन्सी । मलेसियाको राजधानीको क्वालालम्पुरमा सोमबार राति नजिकैको भूमिगत रेलमार्गमा दुई रेल ठोक्किँदा २ सय भन्दा बढी यात्रु घाइते भएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार मलेसियाको पेट्रोनाज ट्वीन टावर नजिकैको टनेलमा सोमबार राति स्थानीय समय अनुसार ८:४५ मा एउटा खाली रेल र अर्को यात्रुवाहक रेल ठोक्किएका हुन्। खाली रेलमा एक चालकमात्र थिए ।

विपरीत दिशामा गइरहेका दुईवटा रेल एउटै ट्र्याकमा भएकाले दुर्घटना भएको हो। रेल वे ट्राफिकका कर्मचारीहरूले सञ्चार गर्दा फरक परेकाले दुबै रेल एउटै ट्र्याकमा कुदेको हुन सक्ने बताइएको छ।

घाइतेमध्ये १ सय ६६ जना सामान्य घाइते भएका छन् भने ४७ जनाको अवस्था गम्भीर छ ।

मलेसियाका प्रधानमन्त्री मुहिद्दिन यासिनले दुर्घटनालाई गम्भीर भन्दै विस्तृत छानबिन गर्न निर्देशन दिएका छन्।

Leave a Reply

ताजा समाचार

Test Post Created

५ घन्टा अघि

Test Post Created

५ घन्टा अघि

Test Post Created

६ घन्टा अघि

15 Knowledge That will Replace your Mental health

११ घन्टा अघि