मेडिकल कार्गाे लिएर नेपाल वायुसेवा निगमको चार्टर उडान सिंगापुरबाट काठमाडौं आइपुग्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

मेडिकल कार्गाे लिएर नेपाल वायुसेवा निगमको चार्टर उडान सिंगापुरबाट काठमाडौं आइपुग्यो

काठमाडौं । कोरोना माहमारी विरुद्ध लड्नका लागि १३ टनभन्दा बढी मेडिकल कार्गाे लिएर नेपाल वायुसेवा निगमको चार्टर उडान सिंगापुरबाट काठमाडौं आइपुगेको छ ।

तामासेक फाउण्डेशन सिंगापुर ,लोटस लाइफ फाउण्डेशन सिंगापुर गोर्खा ब्रुअरीका साथै नेपाल सरकार , विभिन्न मन्त्रालय,कुटनीतिक नियोग र नेपाली प्रवासीको सहकार्यमा उक्त सहयोग काठमाडौं आइपुगेको हो ।

करिब २५ करोड रुपैंया बराबरको उक्त मेडिकल कार्गाे स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयैश त्रिपाठीलाई हस्तान्तरण गरिएको छ ।

हस्तान्तरण कार्यक्रममा मन्त्री त्रिपाठीले यो सहयोग जुटाउने दाताहरुप्रति आभार व्यक्त गरेका छन् । सहयोग सामग्रि प्राथमिकताको आधारमा विभिन्न अस्पतालहरुलाई वितरण गरिने मन्त्री त्रिपाठीले बताएकाे छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);