सर्लाही । जिल्ला प्रशासनकार्यालय सर्लाहीले जारी निषेधाज्ञा जेठ १७ गतेसम्म थप गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ।
नेपालमा कोरोनाभाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको अवस्थामा जेठ १७ गते सम्म निषेधाज्ञा थप गरिएको सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिए । स्वस्थ्य सुरक्षा सञ्चार विद्युत खानेपानी, तराकारी ढुवानी लगायत अत्यावश्यक सवारी साधन भने संचालन हुने प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिए ।
यसैगरि स्वास्थ्य संस्था,पेट्रोल पम्प खुला रहने छन् भने खाधान्न फलफुल तरकारी दूध डेरी ग्यास पसल बिहान ७ बजे देखि १० बजे सम्म मात्र खोल्न पाइने छन् । नेपाल रास्ट्र बैंकको निर्देश अनुसार स्वस्थ्य मापदण्डको पुर्ण पालना गरि संचालन गर्न सकिने जनाएको छ ।
डिसिसीएमसीको जेठ ९ गते बसेकाे बैठकले सर्लाही जिल्लामा जेठ १० गते मध्यरातिबाट निषेधाज्ञा जारी गरेको छ ।
![](https://i0.wp.com/emountaintv.com/ne/wp-content/uploads/2021/05/940x380-%E0%A4%A8%E0%A4%BF%E0%A4%B7%E0%A5%87%E0%A4%A7%E0%A4%BE%E0%A4%9C%E0%A5%8D%E0%A4%9E%E0%A4%BE_%E0%A4%A5%E0%A4%AA_2_9_001.jpg?resize=1097%2C1509&ssl=1)