बागमती प्रदेशसभाका १४ जना एमाले सांसदहरूले बुझाए स्पष्टीकरण | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

बागमती प्रदेशसभाका १४ जना एमाले सांसदहरूले बुझाए स्पष्टीकरण

काठामाडौँ। बागमती प्रदेशसभाका १४ जना एमाले सांसदहरूले संसदीय दल बोर्डले सोधेको स्पष्टीकरणको जवाफ बुझाएका छन् ।

जेठ ६ गते दलको ह्विप उल्लंघन गरेको भन्दै संसदीय दलका नेता एवम् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

२४ घण्टे समयसीमा दिएर सोधिएको स्पष्टीकरणको जवाफ १४ जना सांसदले एकै व्यहोराको बुझाएका छन् । स्पष्टीकरणको जवाफमा २०७८–०२–०६ मा भएको राष्ट्रिय सभाको सदस्यको लागि भएको उपनिर्वाचनमा कसले कसलाई मतदान ग¥यो भन्ने कुरा पूर्वानुमान गर्दै स्पष्टीकरण सोधिनु स्वयं गैरकानुनी र अलोकतान्त्रिक छ।

यस्तो प्रश्न नै पूर्वाग्रह र दुराशययुक्त रहेको उल्लेख गरिएको छ । साथै कुनै पनि मतदातालाई कुन उम्मेदवारको पक्षमा मतदान गरिएको हो भनी सोध्ने अधिकार कानुनले कसैलाई पनि नदिएको यस्तो प्रश्न आफैंमा अनुचित रहेको र अनुचित प्रश्न सोधेर अनुशासनविरोधी करार गर्न खोज्नु आफैंमा गलत कार्य रहेको उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);