कांग्रेस सभापति देउवाले राष्ट्रपति कार्यलयमा किर्ते नाम बुझाएको आरोप : प्रधानममन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कांग्रेस सभापति देउवाले राष्ट्रपति कार्यलयमा किर्ते नाम बुझाएको आरोप : प्रधानममन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति कार्यालयमा किर्ते नाम बुझाएको आरोप लगाएका छन् । आईतबार बालुवाटारमा आयोजित पत्रकारहरुसंगको साक्षात्कारमा बोल्दै प्रधानमन्त्री ओलीेले वैकल्पिक सरकार बन्न नदिने प्रयास स्वरुप राष्ट्रपति कार्यलयमा सांसदहरुको किर्ते नाम बुझाएको आरोप लगाए ।

ओलीले आफूले दाबी गरेका ठाउँबाट पनि केही मान्छेको हस्ताक्षर सभापति देउवाले लिएर गएपछि राष्ट्रपतिले आफ्नो दाबी प्रति विश्वास नगरेको बताएका छन् । उनीहरूले कन्फ्युजन सिर्जना गरेकाले आफ्नो दाबीलाई राष्ट्रपतिले विश्वास गर्न नसकेको प्रधानमन्त्रीको ओलीको तर्क छ ।

प्रधानमन्त्री ओलीले लोकतन्त्रिक व्यवस्थामा दलीय अनुशासन हुनुपर्ने मन्दै दलीय अनुशासन भन्दा बाहिर जाने छुट कसैलाई नभएको औंल्याएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);