काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले एमाले भित्रको विवाद समाधानका लागि सवै एक जुट हुनुपर्नेमा जोड दिएका छन् । आइतबार समाजिक सञ्जालमार्फत उनले पार्टीमा कारबाही, प्रतिशोध र बदलाको राजनीतिले कसैलाई सही गन्तव्यमा नपु¥याउने भन्दै विचार संवादबाट पार्टीभित्र देखिएको विवाद मिलाउनुपर्नेमा जोड दिएका हुन् ।
एमालेको राजनीतिलाई सही दिशा र गन्तव्यमा पु¥याउनका लागि धैर्य गरेर संवाद थाल्न पनि उनले नेतृत्व बर्गलाई सुझाव दिएका छन्। नेता भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
कार्बाही, प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई सही गन्तव्यमा पुर्याएको छैन् र पुर्याउँदैन पनि। पौराणिक होस् वा आधुनिक बेलाका युद्धको शिक्षा यही हो। सबैले आफ्नो विगतलाई हेरौँ। धैर्य गरौ, संवाद गरौ।’




