काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले कुण्ठाग्रस्त अभिव्यक्तिले क्षणिक आनन्दको अनुभूति दिलाउने बताएका छन्। उनले शनिबार सामाजिक सञ्जालमार्फत पछिल्लो राजनीतिक घटनापछि आएका प्रतिक्रियालाई क्षणिक आनन्दको संज्ञा दिएका हुन् ।
सरकारी कदमको चर्को विरोध गर्दै आएका प्रतिक्रिया दूरदृष्टि नभएको उनले बताएका छन् ।
उनले लेखेका छन्, ‘उत्तेजना, अधैर्य र कुण्ठाग्रस्त अभिव्यक्तिले व्यक्तिलाई क्षणिक आनन्दको अनुभूती त देला, तर समस्याको सहि समाधानका लागि त विवेक, धैर्यता, दूरद्रीष्टि र मिहिनेत नै चाहिन्छ।
सामाजिक सञ्जाल र मिडियामा आएका प्रतिक्रिया सुन्दा र पढ्दा लाग्छ हामीमा क्षणिक आनन्द मै रमाउने आदत बसिसकेको छ।’