७ वटै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीलाई | ईमाउण्टेन समाचार

Our Network

फागुन ११ २०८१, आइतबार

७ वटै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीलाई

काठमाडौं । गृहमन्त्री रामबहादुर थापासहितका ७ मन्त्रीहरुको पद खारेज भएका छन् । शुक्रबार राष्ट्रपति बिद्यादेवी भण्डारी उनिहरुलाई पदमुक्त गर्दै रिक्त रहेका ७ वटा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी ओलीलाई जिम्मा दिएकी छिन् ।

सर्वोच्च अदातलले बुधबार अन्तरिम आदेश दिंदै गृहमन्त्री रामबहादुर थापासहित ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कुनै पनि कामकारबाही गर्न नदिन भनेर आदेश जारी गरेको थियो ।

त्यसैलाई कार्यान्वयन गर्नका लागि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई नै सात वटै मन्त्रालयको जिम्मेवारी दिइएको राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति मार्फत जानकारी गराएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);