काठमाडौं। जनता समाजवादी पार्टी जसपा नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाउने भएको छ । शुक्रबार सिंहदरबारमा अध्यक्ष ठाकुर पक्षको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीसंगको लामो छलफलपछि जसपाले सघाउने मनस्थिति बनाएको छ । प्रधानमन्त्री केपी ओलीले मधेशको मुद्धा संवोधन गर्दे गएकाले साथ दिनुपर्ने जसपाको बैठकले निष्कर्ष निकालेको बैठकमा सहभागि एक नेताले जानकारी दिएका छन् ।
त्यस्तै, ‘काँग्रेस–माओवादीले केही गर्न पनि नसक्ने, अरुले गर्दा त्यसको विरोध पनि गर्ने त्यो हुँदैन,’ महतोको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘जसले मधेशको माग पूरा गर्छ त्यसलाई हाम्रो समर्थन हुन्छ । त्यसका लागि सांसदहरु तयारी अवस्थामा बस्नका लागि जसपाले निर्देशन दिएको छ ।