खोटाङ । खोटाङको दीक्तेल रुपाकोट मझुवागढी नगरपालीका १ स्थित रत्नपार्कमा चील्ड्रेन पार्क सहीतको सपिगं कम्ल्पेक्स बन्ने भएपछी स्थानीय हर्सीत बनेका छन् । भवनको पहिलो तलाको अघील्लो भागमा सटर सहीतको सपीङ कम्प्लेक्स रहने र दोस्रो तलामा कफीसप लगायतका महत्वपुर्ण स्टलहरु रहने छन् ।
साथै बच्चाहरुलाई खेल्नका लागी सबै सामाग्री सहीतको चील्ड्रेन पार्क रहने छ । सपिगं कम्पेल्ससहितको चील्ड्रेन पार्क भवनबन्ने भएपछी स्थानीय हर्सीत भएकाहुन् । नगरपालिकाको ३ करोड ९७ लाखको लागतमा भवन निर्माण हुनेछ ।
जिल्ला प्रहरी कार्यालयको चेकपोष्ट भवन र बालमन्दीर विद्यालयको भवन रहेकोमा बालमन्दिर सरस्वती माध्यमिक विद्यालयमा मर्ज भएपछि खाली रहेको उक्त सरकारी जग्गामा आगामी फागुनभित्र समापन गर्ने लक्ष्य रहेको छ ।
उमालामा अन्सुबी जेभी काठमाण्डौले निर्माणको जिम्मा लिएको छ । सुविधा सम्पन्न यस योजनाबाट पर्यटकहरु भित्र्याएर मासीक ७ देखी ९ लाखसम्म आम्दानी गर्ने उद्धेश्य रहेको छ । यस क्षेत्रमा चील्ड्रेन पार्क सहितको सपिगं कम्पेल्स भवन निर्माण सम्पन्न भए यस क्षेत्रको सामाजिक आर्थिक विकासमा समेत सहयोग पुग्ने स्थानीयको अपेक्षा छ ।