बाख्रा पालनबाट मनग्ये आम्दानी | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

बैतडी, नरी बडु, ३१ असोज । नेपालमा केही छैन भन्दै मुलुकबाट दैनिक झण्डै दुई हजार युवा विदेशिने गरेका छन् । तर बैतडीका एक युवाले भने नेपालमै उन्नत जातका बाख्रा पालनबाट मनग्ये आम्दानी गरिरहेका छन् ।

बैतडीको दशरथचन्द नगरपालिका वार्ड नं. ५ का जगदीश भट्टले बोसोरहित मासु हुने अष्ट्रेलियन बोयर जातको बोका भित्र्याएका हुन् । त्यही बोकाबाट स्थानीय जातको बाख्रा क्रस गराएर नस्ल सुधार गर्ने र त्यसपछि सामान्य अवस्था भन्दा दोब्बर उत्पादन बढ्ने भट्टको भनाइ छ । उनका अनुसार ४७ किलो तौल भएको सो बोका अष्टे«लियाबाट बैतडी पु¥याउँदा साढे तीन लाख खर्च हुन्छ ।

काठमाडौंमा कम्प्युटर इन्जिनियररिङ पढेर तीन बर्ष जापान बसेका भट्टले तत्काल ३५ वटा स्थानीय जातका बाख्रा पालन गर्नुभएको छ । बाख्राहरुका लागि उहाँले पाँच लाख खर्च गरेर काठको आधुनिक खोर समेत निर्माण गर्नुभएको छ । गाउँमा नौलो किसिमको बाख्राको खोर र निकै महंगो विदेशी बोका देखेपछि उद्योग वाणिज्य संघ, कृषि तथा पशु कार्यालय लगायतका प्रतिनिधीले पनि चाँसो देखाएका छन् ।

विदेशमा सीप सिकेर फर्किएका भट्टले स्वदेशमै उन्नत बाख्रा पालन सुरु गरेपछि भट्टको बुवा समेत दङग छन् ।

नयाँ बोका भित्र्याएर उन्नत बाख्रापालन सुरुवात गरेका भट्ट बाउछोरालाई भेट्न स्थानीय कृषकहरु दिनहँु आउने गरेका छन् । उनिहरुले बाख्राका उन्नत जात र आधुनिक खोरबारे आफ्नो मोबाइलमा भएका बिभिन्न जानकारी कृषकहरुलाई समेत गराउँदै आएका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);