काठमाडौं । ललितपुरमा आजबाट कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भरोसेलको दोश्रो डोज दिँइदैछ ।
जिल्ला खोप समन्वय तथा अनुगमन समितिको गएको शुक्रबार बसेको बैठकले दोश्रो चरणको कोभिड–१९ विरुद्धको भेरोसेल खोप अभियान आजबाट सञ्चालन गर्ने निर्णय गरेको थियो ।
भेरोसेलको पहिलो डोज लिईसकेकाहरुले आफ्नो पालो अनुसारको दिनमा नजिकको खोप केन्द्रबाट खोप लगाउन पाउने छन् ।
जिल्लाका तोकिएका अस्पतालहरुका साथै वडाले निर्माण गरेका खोप केन्द्रबाट पनि नागरिकहरुले दोश्रो डोज लिइरहेका छन् ।
चैत्र २५ गतेदेखि २८ गतेसम्म भेरोसेलको पहिलो खोप लिनेले आज दोश्रो डोज लगाउन पाउनेछन् । त्यसैगरी चैत २९ देखि ३१ सम्म पहिलो डोज लिएकाले जेठ ७ गते, बैशाख १ देखि ४ मा लिएकाले ९ गते दोश्रो डोज लिन पाउनेछन् ।
त्यस्तै बैशाख ५ देखि ९ गतेसम्म पहिलो डोज लिएकाले जेठ १० गते, बैशाख १० देखि १३ सम्मकाले जेठ ११ गते दोश्रो डोज लिन पाउनेछन् ।
त्यसैगरी बैशाख १४ र १५ गते पहिलो डोज लिएकाले क्रमश जेठ १२ र १३ गते दोश्रो डोज लगाउन पाउनेछन् ।
काठमाडौंमा भने जेठ २ बाट भेरोसेलको दोश्रो डोजको खोप अभियान सञ्चालन गरिएको हो ।