पत्रकारलाई कामबाट ननिकाल्न महासंघको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८१, मंगलबार

पत्रकारलाई कामबाट ननिकाल्न महासंघको चेतावनी

काठमाडौं । नेपाल पत्रकार महासंघले कोरोना महामारीको बेलामा पत्रकारलाई कामबाट ननिकाल्न नीजि सञ्चार गृहहरुलाई चेतावनी दिएको छ ।

कोरोना महामारीको दोस्रो लहरमा पनि निजी सञ्चार गृहहरुले श्रमजिवी पत्रकारहरुलाई निकाल्न थालिएको सूचना आएको भन्दै महासंघले कुनै पनि वहानामा पत्रकारको रोजगारी नखोस्न चेतावनी दिएको हो ।

नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले कोरोना महामारीका बेला कुनै पनि बहानामा पत्रकारलाई निस्कासन नगर्न आग्रह गरे । उनले कोभिड १९ को पहिलो लहरमा जस्तो दोश्रो लहरमा पनि पत्रकारहरुलाई निष्कासन गर्न सुरु गरिएको र निष्कासित भएका पत्रकारहरुको निम्ति महासंघले कानुनी लडाइँ लड्नुको साथै दवाबमुलक काम गरिरहेको बताए ।

महासंघले कोभिडको दोश्रो लहरमा निष्कासनमा परेका ९ जनाको पुर्ननियुक्ति समेत गराएको महासचिव पुरीले जानकारी दिए । त्यसैगरी ५ वटा सञ्चार माध्यमलाई ७ दिन भित्र पत्रकारहरुको समस्या समाधान गर्न अल्टिमेटम दिएको पनि उनले जानकारी दिए ।

महासचिव पुरीले ऐन बनाउने र कार्यान्वयन नगर्ने विडम्बनाबाट सरकारमाथि उठ्नुपर्ने आवश्यकता औंल्याए । महासंघले महामारीको समयमा पत्रकारहरु फ्रन्टलाइनमा बसेर काम गरिरहेको भन्दै फ्रन्टलाइनरको परिभाषाभित्र पत्रकारहरुलाई पनि समेटेर त्यही प्रकारको सेवा सुविधा र व्यवहार गर्न पनि सरकारसँग आग्रह गरेको छ ।

पत्रकार महासंघले कोरोना संक्रमित पत्रकारहरुलाई उपचारका लागि सहजीकरण पनि गरिरहेको छ । महासंघको केन्द्रीय कार्यालयमा रहेको आवासगृहमा आइसोलेशन बेड निर्माण गरिएको छ । त्यसैगरी दाङ, रोल्पा, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, बागलुङ, पर्वत लगायतका जिल्लामा अक्सिजन, चिकित्सक सहितको आइसोलेशन सेन्टर बनाएर उपचार गर्ने वातावरण बनाएको महासचिव पुरीले जानकारी दिए ।

काठमाडौं उपत्यकामा संक्रमित पत्रकारका लागि बेड, अक्सिजन, औषधि खोज्ने र बाहिरी जिल्लाबाट रिफर भईआएका पत्रकारलाई काठमाडौंमा बेड मिलाउने, आइसीयु, भेन्टीलेटर मिलाउने जस्ता काम महासंघले गरिरहेको उनले बताए ।

महासंघका अनुसार, जेठ २ गते सम्म मुलुकभर गरि करिब ८ सय पत्रकार कोरोना संक्रमित भएका छन् । २ सय ५० भन्दा बढी सक्रिय संक्रमित छन् । ४० जना अस्पतालमा उपचार गराईरहेका छन् । ६ जनाको आइसियु र भेन्टीलेटरमा उपचार भईरहेको छ भने संक्रमणबाट १३ पत्रकारले ज्यान गुमाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);