महामारीको विषम परिस्थितिमा कुनै पनि सञ्चार प्रतिष्ठान आफ्ना कर्मचारी र कामदारप्रतिको दायित्वबाट पन्छिन मिल्दैन : महासंघ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

महामारीको विषम परिस्थितिमा कुनै पनि सञ्चार प्रतिष्ठान आफ्ना कर्मचारी र कामदारप्रतिको दायित्वबाट पन्छिन मिल्दैन : महासंघ

काठमाडौं । नेपाल पत्रकार महासंघले कोरोना महामारीको विषम परिस्थितिमा श्रमजीवी पत्रकारलाई कामबाट हटाउन रोक्न र पारिश्रमिक नपाएका पत्रकारलाई नियमित पारिश्रमिक उपलब्ध गराउन आग्रह गरेको छ ।

नेपाल पत्रकार महासंघले आइतबार विज्ञप्ति जारी गर्दै श्रमजीवी पत्रकारको खाइपाइ आएको पारिश्रमिक नघटाउन र बेतलब विदामा नराख्न समेत सञ्चार गृहहरुलाई आग्रह गरेको छ । कोरोना महामारीको विषम परिस्थितिमा कुनै पनि सञ्चार प्रतिष्ठान आफ्ना कर्मचारी र कामदारप्रतिको दायित्वबाट पन्छिन नमिल्ने महासंघले बताएको छ ।

कोरोना संक्रमणलाई बहाना बनाउँदै केही सञ्चार गृहहरुले श्रमजीवी पत्रकारहरुलार्य कामबाट हटाउने, पारिश्रमिक नदिने, पारिश्रमिक घटाउने र बेतलबी बिदा दिनेजस्ता क्रियाकलाप बढाएकोप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै महासंघले यस्तो कार्यले निरन्तरता पाए कानुनी लगायतका सबै संघर्षमा जान बाध्य हुने समेत प्रष्ट पारेको छ । यसका साथै श्रमजीवी पत्रकार ऐन र श्रमसम्बन्धी कानुन कार्यान्वयन गर्ने दायित्व सरकारको भएकोले ऐन कार्यान्वयमा गम्भीर बन्न र ऐन कार्यान्वयन नगर्ने सञ्चार गृहलाई सरकारी सेवा सुविधाबाट बञ्चित गर्न तथा श्रम समस्याका विषयमा तत्काल अनुगमन गर्न महासंघले सरकारको समेत ध्यानाकर्षण गराएको छ ।

त्यसैगरी महासंघले असार ७ गते सोमबारदेखि विभिन्न सञ्चार गृहहरुमा अनुगमन गर्ने भएको छ । अनुगमनपछि तयार गरिएको प्रतिवेदनको आधारमा सञ्चार गहृका सम्बन्धमा आवश्यक निर्णय लिएर महासंघ दबाबमूलक कार्यक्रम र कानुनी संघर्षमा जाने पनि विज्ञप्तिमा जानकारी गराईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);