स्वास्थ्य मन्त्रालयले भन्यो : कोरोना संक्रमित बिरामीका आफन्तलाई अक्सिजन खोजेर ल्याउनु नभन्नु | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८२, शुक्रबार

स्वास्थ्य मन्त्रालयले भन्यो : कोरोना संक्रमित बिरामीका आफन्तलाई अक्सिजन खोजेर ल्याउनु नभन्नु

काठमाडौं । कोरोना संक्रमित बिरामीका आफन्तलाई अक्सिजन लिएर आउन नभन्न स्वास्थ्य मन्त्रालयले चिकित्सकहरुलाई आग्रह गरेको छ ।

आइतबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना बिरामीलाई अक्सिजन खोजेर ल्याउन नभन्न आग्रह गरेका हुन् ।

पछिल्लो समय चिकित्सकहरुले कोरोना बिरामीका आफन्तलाई अक्सिजन लिएर आउन भनेको पाइएको र अक्सिजन व्यवस्थान गर्ने काम अस्पतालको भएको भन्दै यस्तो आग्रह गरेको हो ।

अस्पतालहरुमा अक्सिजन अभावका कारण अधिकांस अस्पतालमा बिरामीका आफन्तले नै अक्सिजनको जोहो गर्न बाध्य भईरहेका छन् । उपत्यका लगायत देशका धेरै अस्पतालहरुले अक्सिजन अभाव देखाउँदै विज्ञप्ति नै जारी गरी बिरामी भर्ना लिन नसक्ने बताईसकेका छन् ।

Leave a Reply