नुवाकोट । नुवाकोटमा आइतबार एकैदिन दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विदुर नगरपालिका वडा नम्बर ४ बट्टारकी एक महिला र किस्पाङ गाउँपालिका वडा नम्बर ५ शान्ति बजारका ३३ वर्षीय युवक रहेका छन् । उनीहरु दुबैको त्रिशुली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
यससँगै नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
नुवाकोटमा हालसम्म २ हजार ११ जना कोरोना संक्रमित छन् भने ६ सय ६८ सक्रिय संक्रमित रहेका छन् । यस्तै जिल्लामा एक हजार ३ सय ३८ जना कोरोनामुक्त भएर घर फर्किएको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।