काठमाडौं । नेकपा एमालेको नेपाल पक्षका सांसद पवित्रा निरौलाले आफू राजीनामा दिने पक्षमा नभएको बताएकी छन्।
झापा क्षेत्र नं.२ बाट निर्वाचित सांसद खरेलले राजीनामा दिनु पार्टी विभाजन गर्नु भएकाले आफू पार्टी विभाजनको पक्षमा नभएको बताएकी हुन् । उनले भनिन्–‘राजीनामा गर्नु पार्टी विभाजन गर्नु हो, म विभाजनको पक्षमा छैन ।’
‘म एमालेको पार्टी नेता हो, हामीले यो पार्टी निमार्णको लागि योगदान गरेका छौँ, हामीलाई जनताले जिताएर यहाँसम्म पुर्याएका हुन्, राजीनामा दिने भन्ने त सवाल नै हुदैँन नी ।’
राजीनामा दिनु भनेको पार्टीलाई विभाजनको औपचारिकता दिनुु भएको खरेलले बताए । ‘स्वास्थ्य समस्याका कारण मेरो खासै छलफल भएको छैन, पार्टी एक हुनुपर्छ भन्ने मेरो धारणा हो, अरु पार्टीको मान्छेलाई प्रधानमन्त्री बनाउन कुनै हालतमा पनि राजीनामा दिन्न’– खरेलले प्रष्ट पारे ।
अझै पनि पार्टी अध्यक्षले सबैलाई एक ठाउँमा राखेर छलफल थाल्नुुपर्ने र निकास खोज्नु पर्ने उनले सुझाए । पार्टी एक ढिक्का बनाउनुमा नै सबैको भलाइ हुने खरेलको सुझाव छ ।
आइ.एन.ए