काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतामाथि गरिएको निलम्बन फुकुवा गरेको छ। बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बेठकले नेता नेपाल सहित, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई गरिएको निलम्बन फुकुवा गर्ने निर्णय लिएको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै स्थायी कमिटी सदस्य एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालले यस्तो जानकारी दिएका हुन् ।
गएको फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताउने निर्णय भएपछि पार्टी भित्र सामानान्तर गतिविधि गरेको भन्दै नेकपा एमालेले नेताहरु नेपाल, रावल, पाण्डे र भुसाललाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरिएको थियो ।