कोभिड-१९ विरुद्ध लड्नका लागि महासंघद्वारा ‘कोभिड-१९ सहायता केन्द्र’ गठन | ईमाउण्टेन समाचार

Our Network

असोज ९ २०८१, बुधवार

कोभिड-१९ विरुद्ध लड्नका लागि महासंघद्वारा ‘कोभिड-१९ सहायता केन्द्र’ गठन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोभिड-१९ विरुद्ध लड्नका लागि ‘कोभिड १९ सहायता केन्द्र’ गठन गरेको छ ।

वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको संयोजकत्वमा गठन भएको सहायता केन्द्रले कोभिड १९ संक्रमणमा परेकालाई सेवा प्रवाह गर्न सहजीकरण र समन्वय गर्नेछ । कोभिड १९ सहायता केन्द्रले ६ वटा सहायताका क्षेत्रहरुको पहिचान गर्दै महासंघ सदस्यहरुलाई जिम्मेवारी समेत तोकेको छ ।

यससँगै महासंघले सचिवालयका सम्पर्क अधिकृतद्वय हरि पौड्याल (९८०१०९६८१२) र रिंकु घिमिरे (९८०११९२५९१) लाई टेलिफोन वा एसएमएस मार्फत सम्पर्क गरी सहयोग लिन सकिने जनाएको छ । अक्सिजन सिलिण्डरको व्यवस्थापनको जिम्मेवारी महासंघका उपाध्यक्ष रामचन्द्र सांघाइ र ज्योति ग्रुपका निर्देशक सौरभ ज्योतिलाई दिइएको छ ।

यस्तै, अस्पताल तथा आइसालेशन केन्द्र सहजीकरणका लागि हेमराज ढकाल र रविन श्रेष्ठ, अस्पताल व्यवस्थापनका लागि ई.देशबन्धु बस्नेत (अजित) ,बाबुकाजी कार्की र केयुर गौतमलाई जिम्मेवारी दिईएको छ । एम्वुलेन्स तथा आइसोलेसन केन्द्रको व्यवस्थापनका लागि रञ्जितराज आचार्य, औषधि तथा मेडिकल उपकरणको जिम्मेवारी प्रवलजंग पाण्डे र भक्त हमाललाई दिईएको छ । त्यसैगरी होटल र हवाई यातायात व्यवस्थापनका लागि ज्योत्सना श्रेष्ठ ,विनायक शाह र विनोद सापकोटालाई जिम्मेवारी दिइएको महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले जानकारी दिए ।

वरिष्ठ उपाध्यक्ष ढकालले महासंघको सहायता केन्द्रबाट समस्यामा परेका, कोरोना उपचारमा सहजीकरण र समन्वय खोजिरहेका सर्वसाधारणलाई सहयोग पुग्ने बताए । महासंघले काठमाडौँ उपत्यकामा २ सय बेडको आइसोलेसन केन्द्र बनाउन लागेको उनले जानकारी दिए ।

कोभिड संक्रमण बढेर देश नै अस्तव्यस्त हुन लागेको बेला निजी क्षेत्रको छाता संगठनले सहायताको लागि अग्रसरता देखाएको छ । यो क्रम निरन्तर रहने र निजी क्षेत्रका संस्था तथा व्यवसायी एक भएर कोभिडविरुद्ध लड्न जनता र सरकारलाई सघाउने वरिष्ठ उपाध्यक्ष ढकालले बताए ।

कोभिड संक्रमण नियन्त्रणका लागि सरकारले सहकार्यका लागि आग्रह गरेपनि निजी क्षेत्रले बेवास्ता गरिरहेको भन्दै समाचार आउन थालेपछि महासंघले सक्रियता देखाएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);