बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–५ प्याङ्लोमा ट्याक्सी दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
पोखराबाट ढोरपाटन जाँदै गरेको ध१ज ५२८ नम्बरको ट्याक्सी मंगलबार राति प्याङ्लोमा घुम्तीमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङका अनुसार मृत्यु हुनेमा प्याङ्खोलाकै ४० वर्षीय जोकबहादुर विक र ट्याक्सी चालक बडिगाड–१ ग्वालीचौरका ३५ वर्षीय ढालबहादुर थापा रहेका छन् ।
दुर्घटनामा मृतक विककी श्रीमती रतिमाया घाइते भएको छ । घाइतेलाई उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पु-याइएको छ ।