अन्तराष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध थप जेठ१७सम्म लम्बियो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अन्तराष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध थप जेठ१७सम्म लम्बियो


काठमाडौं। नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिवन्ध १७ जेठ सम्म लम्बिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार सबै वायुसेवा निगमलाई यस्तो जानकारी गराएको हो । यसबीचमा भारतसँग सातामा दुई उडान भने निरन्तर रहने छ ।

कोरोना भाइरसको महामारी नियन्त्रण गर्न यसअघि सरकारले वैशाख मसान्तसम्म सेड्युल उडानमाथि प्रतिवन्ध लगाउने निर्णय गरेको थियो । सो प्रतिवन्ध लम्ब्याएर सरकारले १७ जेठ सम्म पुर्याएको हो । यसबीचमा एयरलाइन्सहरुले मेडिकल उडान, चार्टर्ड र कार्गो उडानको अनुमति भने पाउने भएका छन् ।

अन्तर्राष्ट्रिय उडान लम्बिएपछि वैदेशिक रोजगारीमा जाने र त्यहाँबाट र्फकने नेपाली प्रत्यक्ष प्रभावित हुनेछन् । नेपालमा पर्वतारोहणको सिलसिलामा रहेका विदेशी पर्यटकको समेत यात्रा प्रभावित हुने भएको छ । काठमाडौंको निषेधाज्ञा जेठ १३ सम्म लम्बाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);