काठमाडौं । मंगलबार सुनको मूल्यमा ३ सय रुपैँयाले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य ३ सय रुपैँयाले बढेर प्रतितोलाको ९२ हजार ३ सय रुपैँया निर्धारण गरिएको छ ।
यसअघि साेमबार सुनको मूल्यमा सय रुपैँयाले बढेर ९२ हजारमा कारोबार भएको थियो ।
त्यसैगरी मंगलबार चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । चाँदी तोलामा १५ रुपैँयाले घटेर प्रतितोला एक हजार ३ सय ४५ रुपैँयालमा निर्धारण गरिएको छ । यसअघि साेमबार चाँदी प्रतितोलाको एक हजार ३ सय ६० रुपैँयामा कारोबार भएको थियो ।