जनताले गरेर महामारी बढेको भनी प्रधानमन्त्रीले आफ्नो कमजोरी ढाकछोप गरे : देउवा | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८१, शुक्रबार

जनताले गरेर महामारी बढेको भनी प्रधानमन्त्रीले आफ्नो कमजोरी ढाकछोप गरे : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना नियन्त्रणमा रहेको भनी अन्तर्राष्ट्रिय समुदायलाई समेत गुमराह गरेको आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले प्रधानमन्त्रीले नेपालमा कोरोना नियन्त्रणमा रहेको भन्दै अन्तर्राष्ट्रिय समुदायलाई गुमराह गरेको बताएका हुन् ।

प्रधानमन्त्रीले गलत अभिव्यक्ति दिएका कारण महामारीको समयमा मित्र राष्ट्रहरुबाट नेपाली जनताका लागि महामारीसँग जुध्न आवश्यक खोप औषधि लगायतका स्वास्थ्य सामाग्री सहयोग पाउने अवशर समेत गुमेको देउवाको भनाई छ ।

नेपाली जनताका कारण महामारी बढेको भनेर प्रधानमन्त्री ओलीले आफ्नो कमजोरी ढाकछोप गरेको उनको आरोप छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);