कोरोना संक्रमितको उपचार गर्न अक्सिजन अभाव, उपत्यकाका ४ अस्पतालले हात झिके | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

कोरोना संक्रमितको उपचार गर्न अक्सिजन अभाव, उपत्यकाका ४ अस्पतालले हात झिके

oxygen

काठमाडौं। अक्सिजन अभावले कोरोना संक्रमितको उपचारमा कठिनाई अवस्था आएको भन्दै उपत्यकाका ४ अस्पतालले हात झिकेका छन् । शनिवार संयुक्त विज्ञप्ति जारी गर्दै अस्पतालहरूले अक्सिजनको वैकल्पिक व्यवस्था गर्न असहज भएकाले सिमित शैयामात्र सञ्चालनमा ल्याउने जनाएका हुन् ।

विज्ञप्तिमा मेडिकेयर अस्पताल लिमिटेड, नेपाल भारत मैत्री अस्पताल, दीर्घायु गुरु अस्पताल एन्ड रिसर्च सेन्टर र हेल्पिङ ह्याण्ड्स सामूदायिक अस्पतालले हस्ताक्षर गरेका छन् ।

यता, नेपाल चिकित्सक संघले विज्ञप्ति जारी गर्दै कोभिड १९ को उपचारमा खटिएका अस्पतालहरूलाई यथाशीघ्र अक्सिजन उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);