सात महिनाका बालक बेचिएको १८ दिनपछि आमाको काखमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काठमाडौँ, ३० असोज । आमाको काखमा सुतिरहेका सातमहिने शिशु शुभम् यादव १८ दिनअघि मध्यरात एकाएक अपहरणमा परे । आको दुधको भरमा रहेका शुभम्लाइै अपहरणकारीले रातारात रिहा पुर्याए । तर, प्रहरीले अपहरणमुक्त गरेपछि शुभम्लाई आमको काख फर्किएको छ।

अपहरणमा परेका शुभम आमाको दुधको भरमा मात्रै बाँचिरहेका थिए । छिमेकी अपराधिको पञ्जामा परेका शुभम आफ्नो घर, परिवारबाट मात्र छुटेनन् उनी अर्को जिल्ला पुर्याइए । यो घटना भएको १८ दिनपछि प्रहरीले बालकको उद्धार गरेको छ।

आइतबार जिल्ला प्रहरी कार्यालय धनुषामा आमा सुनितादेवी यादवको काखमा खेल्दै गरेका शुभम निकै खुशी देखिन्थे । अबोध बालकको अनुहारमा १८ दिनपछि आमासंग बस्न पाउँदाको खुशी प्रष्ट देखिन्थ्यो । आमा सुनिता पनि गहभरी आँसु बोकेर छोरालाई माया गर्दै थिइन्।

धनुषा जिल्लाको कमला नगरपालिका ३ पर्सा निवासी महेन्द्र यादव र सुनिता यादवका सात महिनाका छोरालाई घरको छतमा सुतिरहेको अवस्थामा अपहरणमा परेका थिए । घरका मुखिया महेन्द्र यादव वैदेशिक रोजगारमा गएको एक्लै छोराछोरीलाई पाल्दै आएकी सुनिता छोरीसंग छतमा सुतेको बेला उनका छिमेकी ४२ वर्षीय वीरे भनिने वीरेन्द्र यादवले शुभमलाई उठाएर लगेका थिए।

राति करिब १२ बजे आँख खुल्दा सुनिताले संगै सुतेको छोरा हराएको थाहा पाइन् । पछि खोजतलाश गर्दा पनि छोराको पत्तो नलागेपछि उनले प्रहरीलाई जानकारी गराएकी थिइन् । प्रहरीले अनुसन्धान गर्दै जाँदा घटना एक अर्की आमाको छोरा पाउने लोभमा घटाइएको तथ्य फेला परेको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए। आजको अन्नपुर्ण पोस्ट दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);