प्रधानमन्त्री ओली पुन संसद विघटन गर्ने प्रपञ्चमा लागे : मन्त्री पुन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८२, मंगलबार

प्रधानमन्त्री ओली पुन संसद विघटन गर्ने प्रपञ्चमा लागे : मन्त्री पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि संसद विघटन गर्ने र नयाँ चुनावको घोषणा गर्न खोजेको आरोप लगाएका छन् ।

पीसीआर परीक्षणका लागि थ्रोट स्वाब नमूना दिन बिहीबार संसद भवन नयाँ बानेश्वर पुगेका नेता पुनले प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि त्यस्तो गर्न खोजेको आरोप लगाएका हुन्

नेता पुनले बैशाख २७ मा विश्वासको मत प्राप्त हुँदैन अनि लुम्बिनीमा जस्तै, ठूलो दलको हैसियतले फेरि प्रधानमन्त्री बन्ने, त्यहाँ पनि विश्वासका मत नपाएपछि ७६ (५) अनुसार पनि अरुले विश्वास पाउँदैन भनेर सबै मैं हुँ भनेर जाने विश्वासको मत नपाएको दिनमै संसद विघटन गर्ने र चुनावको घोषणा गर्ने प्रधानमन्त्री ओलीको नियतनै गलत भएको बताएका छन् ।

अघिल्लो वर्षको लकडाउन जस्तै यसपाली पनि ओलीले अलोकतान्त्रिक कामलाई निरन्तरता दिने योजना बुन्न थालेको मन्त्री पुनको भनाई थियो ।

Leave a Reply