कैलालीमा अक्सिजन सिलिण्डर बोकेको ट्रक दुर्घटना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कैलालीमा अक्सिजन सिलिण्डर बोकेको ट्रक दुर्घटना

motercycle durghatana

श्रवण देउवा,
धनगढी
। कैलालीमा अक्सिजन ग्यासको सिलिण्डर बोकेको ट्रक दुर्घटनामा परेको छ । ट्रक दुर्घटनामा चार जना सामान्य घाइते भएका छन् ।

नेपालजञ्जबाट महेन्द्रनगर जाँदै गरेको म १ ख ३०४ नम्बरको ट्रक घोडाघोडी नगरपालिका ५ को डोकेबबजार क्षेत्रमा बिहिबार बिहान ११ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक भरत चौधरीले बताए ।

चौधरीका अनुसार बर्दियाका २८ बर्षिय कर्ण बहादुर थापाले चलाएको ट्रकको पछाडीको टायर पड्किदा आफै अनियन्त्रित हुन गएको जनाएको छ ।

सो ट्रकमा नेपालजञ्जबाट महेन्द्रनगरको महाकाली अस्पतालको लागि अक्सिजन ग्यासको सिलिण्डर लिएर आउदै गरेको जनाएको छ । दुर्घटनामा घाईते भएका चारै जनाको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक चौधरीले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);