कतारमा जेल जीवन बिताइरहेका १४ नेपालीले पाए आममाफी | ईमाउण्टेन समाचार

Our Network

असार २७ २०८३, आइतबार

कतारमा जेल जीवन बिताइरहेका १४ नेपालीले पाए आममाफी

दोहा । कतारले विभिन्न कसुरमा जेलजीवन बिताइरहेका १४ नेपाली आममाफी दिएको छ ।कतारस्थित कारागारहरुमा रहेका १४ जना नेपालीलाई कतार सरकारले आममाफी दिएको हो ।

कारागारमा सजाय भोगिरहेका उनीहरुलाई मुस्लिम समुदायको पवित्र महिना रमादानको अवसरमा माफी दिइएको हो।आममाफी पाएकाहरुलाई नेपालीलाई स्वदेश फर्काउन सहजीकरण गरिने कतारस्थित नेपाली दूतावासका द्वितीय सचीव प्रवीण भट्टराईले जानकारी दिए ।कतारले रमादानको अवसरमा प्रत्येक वर्ष कसूरको प्रकृति हेरेर कैदी बन्दीलाई आममाफी दिँदै आएको छ ।

यसअघि विभिन्न कसुरमा जेल जीवन बिताइरहेका ८ जना नेपालीलाई कतारले माफी दिएको थियो। अघिल्लो वर्ष नै कोरोना महामारीको कारण थप १७ कैदी बन्दीलाई आमफी पाएका थिए ।

Leave a Reply