बैतडीमा जीप दुर्घटना : ४ को मृत्यु, ६ घाइते | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

बैतडीमा जीप दुर्घटना : ४ को मृत्यु, ६ घाइते

बैतडी । बैतडीमा जीप दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । बैतडीको पञ्चेश्वर गाउँपालिकामा जीप दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

मंगलबार दिउँसो से १ ज १८३ नं को जिप पञ्चेश्वर गाउँपालिकाकै वडा नं ६ को गणमेश्वर मोडमा दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा अन्दाजी ३० वर्षीय डम्मर सिह भण्डारी, ५० वर्षीय जित सिह भण्डारी, २७ वर्षीय हिक्मत भण्डारी र ४० वर्षीय दिपक भण्डारी रहेका छन् ।

मृतक सबै वडा नम्बर–६ कै स्थानीय रहेको घटनास्थलमै रहेको प्रहरीको भनाई छ । घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पतात बैतडी ल्याइँदै छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);